नेपालमा चार दिने शिशुमा पनि कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ८ : ०४


काठमाडौँ । नेपालमा चार दिने शिशुमा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। बाजुराको बुढीगंगा नगरपालिकामा चार दिनकी शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

स्थानीय धुरालसैन माविको क्वारेन्टिनमा आमासँगै बसेकी ४ दिनकी नवजात शिशुमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

बाजुरा बुढीगंगामा ती नवजात शिशुसहित १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्