एमसीसी र कालापानीबारे नारायणकाजीको कुरामा समर्थन जनाउन मनिषा कोइरालाको आग्रह

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ७ : ०७


काठमाडौँ । अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलिनियम च्यालेन्ज फण्ड (एमसिसी) संसदबाट पारित गर्ने वा नगर्ने भन्नेबारे सत्तारुढ नेकपामा विवाद कायमै छ।

चौतर्फी विवाद निम्त्याएको यो सम्झौता अहिलेकै हालतमा जस्ताको त्यस्तै पारित गर्नुपर्ने अडान एकपक्षले राखेको छ भने अर्को पक्षले संशोधन गरेर मात्रै पारित हुनुपर्ने अडान लिएको छ।

पटक पटक बैठक बोलाएपनि विभाजित मतका कारण नेकपाले लामो समयदेखि यसबारे ठोस निर्णय लिन सकेको छैन। अन्यौलता कायमै रहँदा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीबारे राष्ट्रिय धारणाको लागि अपील गरेका छन्।

नेपालका सबै राजनीतिक दलहरु एक ठाँउमा उभिई राष्ट्रिय हितलाई केन्द्रमा राखर निर्णय लिनुपर्ने प्रवक्ता श्रेष्ठको भनाई छ।

एमसीसीलाई लिएर खारेजी वा जस्ताको त्यस्तै पािरत हुनपर्ने भन्दै मत विभाजित भइरहँदा प्रवक्ता श्रेष्ठले अनुदान लिनुपर्ने तर, नेपालको हितलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। 

योहो टेलिभिजनलाई दिएको अन्तरवार्तामा नेता श्रेष्ठले एमसीसी इन्डोप्यासिफिककै अङ्ग भएको, यसमा अमेरिकाको सुरक्षा चासो समेत जोडिएको कुरामा आफू ढुक्क रहेको बताएका छन्।

नेता श्रेष्ठको उक्त अन्तरवार्ताले विभिन्न प्रतिक्रिया पाइरहेको छ।

अभिनेत्री मनिषा कोइरालाले प्रवक्ता श्रेष्ठको अन्तरवार्ता हेरेपछि ट्विट गर्दै अन्य नेतृत्वहरूलाई बसहमा आउँन आग्रह गरेकी छिन्।

अभिनेत्री कोइरालाले लेखेकी छन्, ‘यो एक राम्रो अन्तर्वार्ता छ। र हामी हाम्रो नेतृत्व तहमा भएकाहरूलाई यसको समर्थनमा अगाडि आएको हेर्न चाहन्छौँ जसले राष्ट्रिय चासोका विषयहरूमा स्पष्टताका साथ धाराणा राख्न सकोस्।’

प्रवक्ता श्रेष्ठले अन्तरवार्तामा नेपाल-भारतका बीच उत्पन्न सीमा समस्याबारे समेत आफ्नो धारणा राखेका छन्।

अन्तरवार्ता तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्