रुकुम घटनाका मृतकलाई शहीद घोषणा गर्न माग

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ४ : ०६


काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–८ मा यही जेठ १० गते भएको घटनाका मृतक ६ जनालाई सांस्कृतिक शहीद घोषणा गर्न माग गरेको छ।

एक अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन आज सार्वजनिक गर्दै सङ्घले घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कानूनी कारवाही गर्न सुझाव दिएको छ।

सङ्घका उपाध्यक्ष गोपाल बराइली संयोजक रहेको अध्ययन टोलीमा अधिवक्ता बद्रीप्रसाद भुसाल तथा दलित अधिकारकर्मी गोपाल नेपाली, भीम घिमिरे र चिन्ता परियार हुनुहुन्थ्यो।


प्रतिक्रिया दिनुहोस्