लकडाउन खुकुलो भए पनि सिनेमा हल बन्द नै रहने

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १ : ४६


काठमाडाैं । सरकारले लकडाउनमा केही खुकुलो गरे पनि सिनेमा हलहरु भने बन्द नै रहने भएका छन् ।

पहिलो चरणमा २५ जनाभन्दा धेरै भेला हुने कुनै पनि कार्यक्रम, सेमिनार, गोष्टी तथा कार्यक्रम गर्न नदिने निर्णय अनुरुप चलचित्र घरहरु पनि बन्द नै रहने भएका हुन् ।

गत फागुन १६ गते यता कुनै पनि नयाँ चलचित्र रिलिज भएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्