संशोधन फिर्ता नलिए गिरीलाई सांसद र पार्टीबाट निकाला गर्छौं : पाण्डे

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १२ : ५४


काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएकी सांसद सरिता गिरीलाई उनको दल समाजवादी पार्टीले निष्काशन गर्ने तयारी गरेको छ।

सरकारले नयाँ नक्सा जारी गर्नुपूर्व भारतलाई सोध्नुपर्ने बताउँदै आएकी गिरीले बुधबार संसदमा संशोधननै दर्ता गराएकी छिन्।

पार्टीको निर्णय विपरित सूचना दर्ता गराएकी गिरीलाई संशोधन फिर्ता लिन समाजवादी पार्टीले ७२ घण्टे अल्टिमेटम दिएको छ।

तर, गिरीले आफूले पार्टीको निर्देशन नमान्ने अडान लिएकी छिन्। समाजवादी पार्टीका वरिष्ट नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले गिरीमािथ कारवाही हुने भन्दै ट्विट गरेका छन्।


प्रतिक्रिया दिनुहोस्