कालीकोट दुर्घटनाका घाइतेको किष्ट अस्पतालमा मृत्यु

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १० : ३७


काठमाडौँ । हेलिकप्टरमार्फत उद्धार गरी ललितपुरको किष्ट अस्पताल ल्याइएका कालीकोट दुर्घटनाका एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ।

उद्धार गरी ल्याइएका दुई जनामध्ये एक जनाको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार त्रिवि शिक्षण अस्पतालबाट किस्टमा रिफर भएका दुई घाइते मध्ये एकजनालाई भेन्टिलेटरमा राखेर उपचार थालिएपनि बचाउन नसकिएको हो।

यस्तै अर्का घाइतेलाई किस्टले पुनः ट्रमा सेन्टर रिफर गरेको छ।

भारतबाट आएका उनीहरुलाई क्वारेन्टिनमा राख्नका लागि गाडीमा राखेर गन्तव्यतिर लगिँदै गरेको अवस्थामा दुर्घटना भएको थियो। भारतबाट आएका कारण कोरोनाको आशंकामा मृतक र घाइते दुबै जनाको स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्