भवनको १४ औँ तलाबाट खस्दा बलिउड सेलिब्रिटी म्यानेजरको मृत्यु

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ८ : ५२


काठमाडौँ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी पूर्व म्यानेजर दिशा सलियानको मंगलबार बिहान भवनको १४ औँ तलाबाट खसेर मृत्यु भएको छ।

सुरुमा यसलाई आत्महत्याको संज्ञा दिइएको थियो । तर उनी मातेको अवस्थामा दुर्घटनावश अग्लो भवनबाट खसेका कारण उनको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार दिशा सलियन आफ्ना आमा–बुवासँग दादरमा बिस्थन् । उनी सोमबार राती आफ्ना केही साथीसहित मलाड पुगेकी थिइन् । उनीहरु सबै १२ तल्लामा बस्ने नायक रोशन रोयको फ्ल्याटमा पुगे। यतिबेला जम्मा ६ व्यक्ति समावेश थिए र डिनर गरेपछि उनीहरु रक्सी पिइरहेका थिए।

दिशा सलियन मातेको अवस्थामा थिइन् र उनी झ्यालतिर गइन् । नशामा रहेकी दिशा सबेरै १ बजे झ्यालबाट खसेका कारण उनको मृत्यु भयो।

प्रहरीका अनुसार दिशाका साथीहरुले लगभग बिहान साढे दुई बजे प्रहरीलाई घटनाबारे जानकारी दिए। घटनास्थल पुग्दा दिशा रगतले लत्पत्तिएको प्रहरीले बताए । उनलाई नजिकैको अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरियो ।

दिशाले बलिउडका थुप्रै म्यानेजमेन्ट र पब्लिक रिलेशन फर्ममा काम गरिसकेकी छिन् । उनी सुशान्त सिहं राजपूतबाहेक वरुण शर्मा र भारती सिंहकी पनि म्यानेजर थिइन् ।


प्रतिक्रिया दिनुहोस्