चिनले झिक्यो पहाडी युद्धमा प्रयोग हुने अत्याधुनिक हतियार ! भारतमा भयो यस्तो चर्चा

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १० : ३०


चाइनाले पहाडको युद्दमा प्रयोग हुने होबित्जर नामको अत्याधुनिक हतियार आफ्नो ७५औ पिएलए ग्रुपका साथ प्रदर्शन गरेको छ । यो खबर सँगै भारतमा यो आधुनिक हतियारको चर्चा सुरु भएको छ । यो हतियार ठुला ठुला उचाइमा हुने लडाईंमा प्रयोग गरिन्छ ।

उचाइमा हुने अक्सिजनको कमिले धेरै जस्तो तोपहरुले राम्रो सँग काम गर्न पाउदैनन । तर , होबित्जर यसको अपवाद हो त्यसैले यसको प्रयोग पहाडी ईलाकामा गरिन्छ ।
चाइनाको यो प्रदर्शनले भारत-चाइना द्वन्दको यो समयमा खास अर्थ राख्ने भारतीय मिडियामा चर्चा हुन थालेको छ ।

अहिले पहाडमा चाइनाले भारत बाहेक अरु कुनै देश सँग युद्द लड्नु पर्ने आवश्यकता छैन । त्यसैले भारतमा यो बिषयले चर्चा पाउनु स्वाभाबिक मान्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्