कस्ता कोरोना संक्रमितबाट अरुलाई भाईरस सर्दैन ? WHO को सबैलाई अचम्म पार्ने खुलासा

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  २ : ०५


एजेन्सी :कोरोनाले विश्वमा तबाही मच्चाइ रहेको बेला एउटा साकारात्मक खबर बाहिर आएको छ । विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ ले लक्षण नै नदेखिएका तर कोरोना सन्क्रमित भएका एक व्यक्तिबाट अर्काे ब्यक्तिमा संक्रमण सरेको घटना दुर्लभ भएको बताएको छ ।

यो दाबिलाई बिवादित मनिएपनी डब्लुएचओको भनाइ भएका कारण यसलाई साकारात्मक खबर मानिएको छ । डब्लुएचओको आपतकालीन रोग तथा जुनोसिस युनिटकी प्रमुख डाक्टर मारिया भान क्रेकोभले लक्षणविहीन बिरामीबाट अर्काे व्यक्तिमा भाइरस नसर्ने देखिएको बताएकी हुन् ।संयुक्त राष्ट्रसंघको ब्रिफिङमा मारियाले लक्षणविहीन संक्रमित भाइरस सर्नुको प्रमुख माध्यम र कारण नरहेको अध्ययनमा देखिएको जानकारी दिएकी हुन् ।

संक्रमण फैलिएका मुलुकका लक्षण बिहिन विरामीहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा उनीहरुवाट संक्रमण सरेको घटना एकदमै दुर्लभ पाइएको उनले बताइन् ।लक्षण विहीन संक्रमितबाट दोस्रो व्यक्तिमा भाइरस सर्छ भन्ने प्रमाणका लागि अझ धेरै अनुसन्धानको खाँचो देखिएको उनको भनाइ छ । विशेषगरी युवा र स्वस्थ व्यक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिएपनि उसमा हत्तपत्त लक्षण देखिने गरेको छैन ।




प्रतिक्रिया दिनुहोस्