कोरोनालाई जित्ने ९ देश , जहाँ अब कोरोनाको बिरामी एउटा पनि छैन

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १ : २२


कोरोनाले अहिले विश्व नै आक्रान्त भएको छ । अहिले सम्म चारलाख भन्दा बढी मनिसले कोरोना भाईरसका कारण ज्यान गुमाइ सकेका छन भने विश्व स्वास्थ्य संगठनले एकजना मात्र पनि बिरामी रहुन्जेल कोही पनि कोरोना मुक्त भएको भ्रममा नपर्न चेतावनी दीराखेको छ । तर पनि ९ देशहरुले कोरोनालाई परास्त गरे आफुलाई कोरोना मुक्त घोषणा गरिसकेका छन ।

कोरोनालाई जितेर न्युजिल्याण्डले यसरी रच्यो ईतिहास

आफ्नो अन्तरास्ट्रीय सिमा ३ महिना सम्म बन्द गरेको न्युजिल्याण्डले सोमबार कोरोनालाई परास्त गरेको घोषणा गरेको छ ।

सोमबार कोरोनाको अन्तिम बिरामी ठीक भएको घोषणा गरेको न्युजिल्याण्डमा अब कोरोना प्रभाबित मनिसको सन्ख्या जिरो भएको छ । बिगत सत्र दिनदेखी एकजनापनी नयाँ सन्क्रमित देखापरेको छैन ।

१५०४ जनाको कोरोना देखिएको यो देशमा २२ जनाको कोरोनाका कारण मृत्‍यु भएको थियो । यसरी पूर्ण रुपमा कोरोना अन्त्य गर्ने पहिलो देश न्युजिल्याड बन्न पुगेको छ भने मनिसहरु यती बेला खुशी साटसाट गरिरहेका छन ।

तान्जिनिया : छ हप्ता सम्म पनि कोरोना संक्रमित सन्ख्या बढेन

तान्जिनियाका राष्ट्रपति जोन मगुफुलीले उनको देश कोरोना मुक्त भएको बताएका छन । अफ्रिकी मुलुक तान्जिनियाका राष्ट्रपतिले आफ्नो देशमा दैबी शक्ती भएको र आफुहरुले प्रार्थना गरेर कोरोना हटाएको रोचक बयान दिएका छन । तान्जिनियामा छ हप्ता सम्म पनि कोरोना संक्रमित सन्ख्या ५०९ भन्दा बढेन ।


भेटिकन सिटी:
भेटिकन सिटीमा कोरोनाका १२ संक्रमित भएकोमा सबै ठिक भएको जनाइेको छ ।

फिजी : शत प्रतिशत रिकभरी
फिजिमा जम्मा १८ जनामा कोरोना देखिएको र ति सबैलाई ठीक भाईसकेको फिजी सरकारले जनाएको छ ।

मोन्टान्जेरा:
युरोपको यो देशमा ३२४ जनालाई सन्क्रमण भएको थियो र नौ जनाले ज्यान गुमाएका थिए । अहिले यो देशले पनि आफुलाई कोरोना मुक्त घोषणा गरेको छ

त्यसैगरी पपुवा न्यु गिनी , टिमोर , सेन्ट किट्स एण्ड नेभिस र सेशेल्सले पनि आफुलाई कोरोना मुक्त भएको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्