सरिता गिरीमाथि कारवाही हुने बाबुरामको संकेत

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ९ : ३०


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ट नेता डा.बाबुराम भट्टराईले सरिता गिरीमाथि पार्टीले कारवाही गर्ने संकेत गरेका छन्।

सांसद गिरीले पछिल्लो समय राष्ट्रियता विरुद्ध लगातार आपत्तिजनक अभिव्यक्ति दिँदै आएकी छन्।

बुधबार गिरीले पार्टीको नीति विपरित सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै संशोधन दर्ता गरिन्।

गिरीको आपत्तिजनक कदमपछि जसपाले उक्त संशोधन फिर्ता लिन निर्देशन दिएको छ।

नेता भट्टराईले राष्ट्रियता विरुद्ध बोल्ने जुनसुकै पार्टी कार्यकर्तामाथि कारवाही हुने भन्दै ट्विट गरेका छन्।

भट्टराईले ट्विटमार्फत भनेका छन्, जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता,सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुऱ्याउने कार्य गर्नुहुँदैन र गर्न सक्दैनन्।’


पार्टीको नीति विपरित संशोधन दर्ता गराएपछि जसपाले गिरीलाई कारवाही गर्ने चेतावनी दिएको हो।


प्रतिक्रिया दिनुहोस्