हिमानी शाहको एकपछि अर्को टिकटक भिडियो भाइरल (भिडियो)

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ९ : ३९


काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहको फेरि अर्को भिडियो भाइरल बनेको छ। हिमानी शाह र उनकी छोरी पूर्णिका र कृतिका शाह पनि लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ।

पछिल्लो समय हिमानीका ३ वटा टिकटक भिडियो सार्वजनिक भएका छन्। उनी फरक रुपमा सामाजिक सञ्जालमा देखिएकी हुन्।

पछिल्लो पटक उनको अर्को ‘माइ नेपाली इज नट गुड’ टिकटक भिडियो भाइरल बनेको छ। ‘यो बोलको गीतमा उनी आफ्नी दुई छोरी पूर्णिका र कृतिकासँग नाच्दै गरेको देख्न सकिन्छ।

लकडाउनका कारण अस्तब्यस्त दैनिकीमा आफूलाई कसरी खुसी र स्वस्थ रहन सकिन्छ भन्ने कुरा हिमानी शाहबाट सिक्न सकिने भन्दै धेरै उनको उनको भिडियो लाइक, शेयर तथा कमेन्ट गरेका छन्।

केही दिनअघि पनि हिमानीको छोरीसँगको टिकटक भिडियो भाइरल बनेको थियो।


प्रतिक्रिया दिनुहोस्