विदेशबाट ल्याइने सुनको भन्सार शुल्क बढ्यो नयाँ नियमसहित

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ७ : ५५


काठमाडौँ । विदेशबाट आउँदा ल्याउने सुनको विमानस्थलमा तिर्नुपर्ने भन्सार शुल्क बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भन्सारको नयाँ सूची सार्वजनिक गरेको हो।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटले सुन तथा गरगहना आयातमा लाग्ने भन्सार शुल्क बढाएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पनि भन्सारको नयाँ सूची सार्वजनिक गरेको हो।

विदेशबाट फर्कनेले साथमा एकसय ग्रामसम्म सुन ल्याउन पाउनेछन्। तर पहिलो ५० ग्रामसम्मको सुनलाई प्रति १० ग्राम ९ हजार ५ सय रुपैयाँ भन्सार महसुल तिर्नुपर्नेछ। ५० ग्रामभन्दा बढी थप ५० ग्राममा भने प्रति १० ग्राम १० हजार ५ सय भन्सार महसुल तिर्नुपर्छ।

यसअघिकै व्यवस्था अनुसार विदेशबाट फर्किँदा सुनका गहना ५० ग्रामसम्म भन्सार नतिरी ल्याउन पाइनेछ । तर त्योभन्दा बढी अधिकतम दुई सय ५० ग्रामसम्म भन्सार तिरेर गहना ल्याउन सकिने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्