संशोधन फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : १४


काठमाडाैं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिनुभएकाे हाे ।

पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ । सांसद सरिता गिरीले बुधबार संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्काे संशोधन प्रस्ताव संसदमा दर्ता गराउनुभएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्