संविधान संसोधन विधेयक खारेज गर्न माग राख्दै सरिता गिरीद्वारा संशोधन दर्ता

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ४ : १९


काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन बिधेयक खारेज गर्न माग गरेकी छन्।

सरकारले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप सम्बन्धी संविधान संशोधन बिधेयक संसदमा दर्ता गरेको छ।

उक्त विधेयक खारेज हुनुपर्ने भन्दै गिरीले बुधबार संसद सचिवालयमा संशोधन दर्ता गराएकी हुन।

गिरीले प्रमाण र तथ्यविनाको को भन्दै उक्त विधेयक खारेजीको सूचना दिएकी हुन् ।

लगातार विवादास्पद अभिव्यक्ति दिँदै आएकी गिरीले यसअघि नेपालले नयाँ नक्सा जारी गर्नुपूर्व भारतलाई सोध्नुपर्ने बताउँदै आएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्