सरिता गिरीलाई प्रधानन्त्रीको जवाफ : ‘भ्रम छर्ने काम केका लागि?’

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  २ : ५३


काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीले बाराको निजगढमा सेनाको ब्यारेक राख्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नहरुको बुधबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यहाँ अन्तराष्ट्रिय विमानस्थल बन्न लागेको प्रस्ष्ट पारे।

विवादास्पद अभिव्यक्ति दिँदै आएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले पटक पटक बारामा जंगल फडानी गरेर सरकारले ‘मिलिट्री एअर बेस’ बनाउन लागेको भन्दै विरोध गर्दै आएकी छिन्। सञ्जार माध्यममा समेत उनले यो कुरा उठाउँदै त्यहाँ सेनाको ब्यारेक राख्न नहुने बताउँदै आएकी छिन्।

बुधबार प्रतिनिधिसभा बैठकमा पनि उनले निजगढमा सरकारले मिलिट्री एअर बेस राख्न खोजेको भन्दै प्रधानमन्त्रीलाई प्रष्ट पार्न प्रश्न गरेकी थिइन्।

जवाफमा प्रधानमन्त्रीले भने, ‘अचम्मको फेरि एउटा अर्को हल्ला सुरु गरिएछ। यो भ्रम फैलाउँने काम किन र केका लागि? नाम पनि ‘मिलिट्री एअर बेस’ ! हामीले चाँही पृतनापतिको कार्यालय, पृतनाहरु यस्तो त राख्ने गरेका छौं। ‘एयरबेस’ यस्ता यस्ता भन्ने शब्दका साथ निजगढमा वन फाडेर ‘मिलिट्री एयरबेस’ ! किन यस्तो भ्रमको सिर्जना गर्नुपर्यो? मैले यो बुझिन्!’ प्रधानमन्त्रीले ओलीले भने, ‘त्यसमा सत्यता छैन। त्यहाँ निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउँने भन्ने कुरा छ। त्यसलाई अगाडी बढाइन्छ।’

लिम्पियाधुरा नेपालको भूमी हो भनेर आफूले नस्वीकार्ने बताउँदै आएकी गिरी लगातार आपत्तिजनक अभिव्यक्तिका कारण विवादमा तानिएकी हुन। उनको सांसद पद खोसेर कानुनी कारवाही गर्नुपर्ने आवाज चौतर्फी उठेको छ।

यो पनि पढ्नुहोस्

सरिता गिरीले सांसदको पद छाड्नुपर्छ : कमल थापा


प्रतिक्रिया दिनुहोस्