प्रधानमन्त्री ओलीमा ‘अजासु प्रवृत्तिको रोग’ देखियो : बाबुराम

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  २ : ०७


काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘अजासु प्रवृत्तिको रोग’ देखिएको टिपप्णी गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए।

प्रधानमन्त्री ओलीले झण्डै २ घण्टा लामो सम्बोधन गरेका हुन।

नेपालमा कोरोना भाइरसको कारणबाट मृत्यु भएको पुष्टि भएकाहरुको कारण कोरोना नभएको, नेपालीमा रोगप्रतिरोधात्मक क्षमता बढिरहेको लगायतका कुरा प्रधानन्त्री ओलीले आफ्नो सम्बोधनमा बताएका छन्।

त्यसैप्रति व्यंग गर्दै भट्टराईले यस्तो ट्विट गरेका छन्।


प्रतिक्रिया दिनुहोस्