योगी आदित्यनाथलाई प्रधानमन्त्रीको जवाफ : ‘नेपाल हेपिन तयार छैन’

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १ : ३४


काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपालबारेको अभिव्यक्ति प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले योगीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल हेपिन तयार नरहेको बताएका हुन।

‘त्यसरी भन्नुभएको भने जायज होइन। नेपाललाई धम्काउन खोज्नुभएको हो भने निन्दनीय छ। म यति नै भन्छु,’। प्रधानमन्त्री ओलीले भने ‘त्यसरी नबोलिदिनुपर्थ्यो। यो अभिव्यक्तिलाई नेपालमाथिको अपहेलनाको रुपमा लिन्छौं। नेपाल हेपिन तयार छैन। हेपिन मान्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु’।

गत बुधबार एक भारतीय सञ्चारमाध्यमको अन्तर्वार्तामा मुख्यमन्त्री आदित्यनाथले नेपालले आफ्नो नयाँ नक्सा जारी गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा सोच्नुपर्ने र तिब्बतलाई हेर्नुपर्ने चेतावनी दिएका थिए।


प्रतिक्रिया दिनुहोस्