न्यूजरल्याण्डको प्रधानमन्त्री जस्तो हाम्रो प्रधानमन्त्री नाचेको हेर्न पाइन्थ्यो : गगन थापा

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १२ : ५१


प्रतिपक्षदल नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले नेपाल कोरोना मुक्त भए न्यूजरल्याण्डको प्रधानमन्त्री जस्तै हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओली नाचेको हेर्न पाइने बताउनुभएको छ।

उहाँले सरकारले कोरोना नियन्त्रणका लागि सुरु देखिनै राम्रो स्वास्थ्य संयन्त्र र क्यारेन्टाइनको राम्रो व्यवस्था गर्न सकेको भए नेपाल पनि कोरोना मुक्त देश हुने सक्ने बताउनुभयो।

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्ने क्रममा थापाले भन्नुभयो, ‘नेपालीको प्रतिरोधात्मक क्षमता बढी छ भनेर कस्ले भन्यो ? नेपालमा मृत्यु हुने उमेर समुहको संख्या विश्वस्वास्थ्य संगठनसँग दाजेर हेर्नु भएको छ ?’

उहाँले स्वास्थ्य सामाग्रीको खरिद प्रकरणमा भ्रष्टाचार नभएको दाबी गर्नुभएका प्रधानमन्त्री ओलीलाई स्वास्थ्य सामाग्रीको सूची राखेर संसद्मा खुल्ला छलफल गर्न चुनौती पनि दिनुभयो।


प्रतिक्रिया दिनुहोस्