५५ वर्षीय किसानको फेसबुकबाट बस्यो प्रेम, ३० लाख कुम्ल्याएपछि युवती गायब

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ११ : २०


काठमाडौँ । भनिन्छ, प्रेम अन्धो हुन्छ। यस्तै भनाइसँगै मेल खाने एउटा घटना सार्वजनिक भएको छ। ५५ वर्षका एक किसान फेसबुकमार्फत एक युवतीको प्रेममा पर्छन्।

सुरुवाती कुराकानीपछि निकै छिटो उक्त सम्बन्ध अश्लील च्याट र भिडियोसम्म पुग्छ। त्यसपछि सुरु हुन्छ ती किसानको पैसा ह्वाह हुन्।

फेसबुमा चिनजान भएको १३ दिन बित्न नपाउँदै प्रेम सम्बन्धसम्म पुगेको ती युवतीको प्रेममा ती किसान यति अन्धा हुन्छन् की उनले कतै नसोची युवतीको खातामा ३० लाख रुपैयाँ जम्मा गरिदिन्छन्। जब ३० लाख रुपैयाँ पाउछिन् ती युवती फेसबुकबाट गाएब हुन्छन्।

घटना भारतको हो। भारतको जटपुरा पिलखुआ भन्ने स्थानको उक्त ठगीको घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार २४ मे मा उनको फेसबुक अकाउन्टमा एउटी युवतीको फ्रेन्ड रिक्वेस्ट आएको थियो। किसानले २५ मे मा उक्त रिक्वेस्ट स्विकारे। ती युवतीले प्रेमको जालमा फसाएर किसानको ३० लाख भारु ठगी गरिन्।

प्रेममा ती किसान यतिसम्म अन्धो भए की केही सोच्नै सकेनन् । ३० लाख भारु तीनवटा बैंक खातामा जम्मा गरिदिए । पैसा पाउने बित्तिकै युवती फेसबुकबाट गायब भइन् । कहिले इनकम ट्याक्स डिपार्टमेन्टको नाममा त कहिले एक्साइज डिपार्टमेन्टका लागि । १५ लाख भारु उनले आफ्नै पैसा जम्मा गरिदिए भने थप १५ लाख आफन्त र साथीहरुसँग ऋण लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्