बुरुण्डीका राष्ट्रपतिको निधन

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १० : १७


काठमाडौं । अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको निधन भएको छ ।.राष्ट्रपति कुरुन्जिजाको कार्डिक अरेस्टका कारण ५५ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार भएको थियो । तर सोमबार कार्डिक अरेस्ट भएपछि उनलाई बचाउन गरिएको प्रयास असफल भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी १५ वर्षदेखि बुरुण्डीको सत्तामा थिए ।


प्रतिक्रिया दिनुहोस्