सुतिरहेका युवकलाई मध्यराति घरबाहिर बोलाएर गोली हानी हत्या

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ८ : ३३


काठमाडौँ । धनुषामा सुतिरहेका एक युवकलाई मध्यराति घरबाहिर बोलाएर गोली हानी हत्या गरिएको छ। घरमै सुतिरहेका २५ वर्षीय अरुण मण्डललाई मध्याराति करिब दुई सय मिटर पर लगेर गोली हानी हत्या गरिएको हो।

घटना प्रदेश नं २ घटनास्थित सबैला नगरपालिका–७ को हो। मृतक युवकलाई घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकृतका अनुसार चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए। त्यसैले व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

घटना बारे अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्