आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ८ : १७


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यसूची रहेको छ। बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका विषयलाई ध्यानमा राख्दै सम्बोधन गर्न लाग्नुभएको हो।

संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुहुनेछ।

साथै विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको पनि प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूची रहेको छ।


प्रतिक्रिया दिनुहोस्