अमेरिकी जासूसलाई इरानमा फासी दिने निर्णय

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ७ : ३३


एजेन्सी । इरानी क्वाद सेनाका शीर्ष कमाण्डर कासिम सुलेइमानीबारे अमेरिकी तथा इजरायली गुप्तचर संस्थालाई जानकारी दिने अमेरिकी व्यक्तिलाई चाँडै फासी दिइने इरानी न्यायालयले निर्णय गरेको छ।

३ जनवरीमा इराकमा अमेरिकाले सुलेमानी बसेको ठाउँलाई निशाना बनाएर ड्रोन हमला गरेको थियो । उक्त हमलामा सुलेमानी मारिएका थिए।

सुलेमानीले मध्यपूर्वमा तैनाथ अमेरिकी सैनिकविरुद्ध आक्रमणको योजना बनाइरहेकाले उनको हत्या गर्नुपरेको अमेरिकी सेनाको दाबी थियो। सुलेमानीविरुद्ध अमेरिकाका लागि जासुसी गर्ने व्यक्ति ईरानकै नागरिक हुन्।

यी व्यक्तिमाथि अमेरिकी गुप्तचर संस्था सिआईए र ईजरायली गुप्तचर संस्था मोसादका लागि जासूसी गर्ने गरेको अभियोग छ।

‘मम्मउद मोउसभी– मेज्द, जो सिआईए र मोसादका जासुसमध्ये एक हुन् । उनलाई फासीको सजाय भएको छ।

सुलेमानीको हत्यापछि इरानले इराकस्थित अमेरिकी सेनाको अखडा ऐन अल असदमा रकेट आक्रमण गरेको थियो। तर यस घटनामा कोही पनि अमेरिकी सैनिकले ज्यान गुमाएनन्।


प्रतिक्रिया दिनुहोस्