जहाज उडाउन सिक्दा सिक्दै दुर्घटना

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ६ : ४८


एजेन्सी। भारतको ओडिशामा जहाज चलाउन सिक्दासिक्दै दुर्घटना भएको छ। दुर्घटना हुँदा हवाइजहाजमा सवार सबै जनाको मृत्यु भएको छ।

भारतको ओडिशा राज्यको ढेकनाल जिल्लामा दुई सिटे ट्रेनर एयरक्राफ्ट टेकअफ गरेको केही बेरमै दुर्घटना भएको हो। दुर्घटनामा क्याप्टेन संजीव कुमार झा र प्रशिक्षार्थी पाइलट अनिस फातीमाको मृत्यु भएको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

झा बिहारका थिए भने फातिमा तमिलनाडुकी थिइन्। दुर्घटना बिरासला एयरस्ट्रिपमा भएको हो । सूचना पाएपछि गभर्नमेन्ट एभिएसन ट्रेनिङ इन्स्टिच्युट र प्शासनका अधिकारी घटनास्थल पुगेका थिए।

अधिकारीहरुले प्राविधिक गडकडीका कारण दुर्घटना भएको मानेका छन् । दुबैको शव पोस्टमार्टमका लागि पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्