यी ५ खानेकुराले बढाउँछ ‘इम्युनिटी पावर’

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ६ : ३९


काठमाडौँ । शरीरको प्रतिरक्षा प्रणाली (रोगसँग लड्ने शक्ति) कमजोर भयो भने मानिसलाई रुघाखोकी लगाएत जुनसुकै रोगले पनि चाँडै आक्रमण गर्छ । यसकारण हामीले आफ्नो प्रतिरक्षा शक्ति बढाउन ध्यान दिनुपर्छ । यो बलियो भयो भने हतपत कुनै किटाणुले संक्रमण गर्न सक्दैन । यहाँ त्यही प्रतिरक्षा शक्ति बलियो बनाउने केही खाने कुराको चर्चा गरिएको छ ।

यी खानेकुराको नियमित सेवनले शरीरमा डब्लुबिसीको कमी हुन पाउँदैन :

लसुन, अदुवा

खानामा दैनिक लसुन र अदुवाको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक छ । यी दुवैमा डब्लुबिसी अर्थात् शरीरको रोग–प्रतिरोधक क्षमता बढाउने तत्व हुन्छ । अदुवाले शरीरमा इन्फ्लेमेसन घटाउन पनि सघाउँछ।

बदाम

बदाम प्रोटिन र मिनरल्सको राम्रो स्रोत हो । दैनिक ८–१० दाना बदाम खानाले प्रतिरक्षा प्रणाली बजबुत राख्न मद्दत पुग्छ ।

बेसार

तरकारीमा बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ । बेसारले हामीलाई ओस्टियोपोरोसिस (हड्डीको कमजोरी), ब्लड प्रेसरजस्ता विभिन्न रोगबाट बचाउँछ ।

बेसारमा हुने कर्क्युमिन तत्व एक राम्रो एन्टिअक्सिडेन्ट हो । यसले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ।

अमिला फल

सबैजसो अमिला फलमा भिटामिन सी पाइन्छ । भिटामिन सीले शरीरमा डब्लुबिसीको मात्रा बढाउन मद्दत गर्छ । यसबाट शरीरको रोगसँग लड्ने क्षमता बढ्छ ।


प्रतिक्रिया दिनुहोस्