प्रधानमन्त्रीलाई चेतावनी दिंदै गगन थापाले संसद्मै मागे १० अर्वको हिसाव

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  २ : ०४


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीको अहंकारका कारण कोरोना रोकथाम नभएको आरोप लगाउँदै ‘सबै कुरा म जान्छु’ भन्ने प्रधानमन्त्रीको अहंकारका कारण कोरोनाको महामारी रोक्न समस्या भएको बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद थापाले सरकारको अकर्मन्यता र असक्षमताका कारण कारोना महामारीको अवस्था आएको भन्दै चर्को आलोचना गर्नुभयाे ।
सरकारले कसैको सुझाव नसुन्दा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएको थापाले बताउनुभयाे ।

‘हामी अब प्रश्न गर्छौ, उत्तर चाहन्छौ र जवाफदेहिता बनाउँछौं। १० अर्ब रुपैया कहाँ खर्च भयो। ५ वटा पिसीआर किन्ने २५ हजार किट किन्ने। १० अर्बको हिसाब देखाउनु पर्दैन?’ उहाँले प्रश्न गर्नुभयाे ।


प्रतिक्रिया दिनुहोस्