आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १ : ४७


काठमाडौँ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८७ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदी भने स्थिर रहँदै ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्