चार बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १ : ०४


काठमाडौं । आज चार बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चार बजे बस्ने भनिएको बैठक स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभएकाे छ ।

उक्त बैठकमा एमसिसी परियोजनाबारे छलफल हुने कार्यसूची तय गरिएको थियो । नेकपाभित्र एमसिसीलाई संसदबाट पारित गर्ने वा परिमार्जनसहित पारित गर्ने भन्ने भइरहेको विवाद छ ।


प्रतिक्रिया दिनुहोस्