भरतपुर अस्पतालको आईसीयूमा भर्ना भएका कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ८ : ५५


चितवन । भरतपुर अस्पतालको आईसीयूमा उपचाररत अर्का कोरोना संक्रमितको मृत्यु भएको छ।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट सोमबार साँझ भरतपुर अस्पतालको आईसीयूमा सारिएका कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनको मंगलबार बिहान ७ बजे मृत्यु भएको हो। भरतपुर महानगरपालिका वडा नं ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा मुट र निमोनियाको समस्यासमेत थियो।

उनको शव भरतपुर अस्पतालको आईसीयूमै राखिएको र शवको व्यवस्थापन गर्ने बारेमा तयारी भइरहेको अस्पतालले जनाएको छ।

यसअघि भरतपुर अस्पतालको आईसीयूमै उपचाररत एक युवकको मृत्यु भएको थियो। तर उनको स्वाब परीक्षणमा कोरोना देखिएको थिएन्।


प्रतिक्रिया दिनुहोस्