नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ७ : ०२


काठमाडौँ । नेपालमा मंगलबार बिहानै थप २४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले बर्दघाट सुस्ता पूर्व, म्याग्दी, बाग्लुङका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ। यद्यपी संघीय स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ।

कोरोना पुष्टि हुनेमा नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुष रहेका छन्।

गण्डकी प्रदेशको म्याग्दी जिल्ला, बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४६ का १ जना पुरुषको कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको हो।

त्यस्तै बाग्लुङको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २१, २६ र २७ का ३ जना पुरुष र सोहि जिल्ला बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्