सरिता गिरीलाई राष्ट्रघातीको संज्ञा, सांसद पद खोस्न आग्रह

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ८ : ४५


काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले विवादित बयान दिएपछि चौतर्फी आलोचना भइरहेको छ।

लिम्पियाधुरा नेपालको भूमी रहेको कुरा आफूले नस्वीकार्ने बताएपछि गिरी विवादमा तानिएकी हुन।

उनको अभिव्यक्तीलाई लिएर सामाजिक सञ्जालमा विविध प्रतिक्रिया आइरहेका छन्।

गिरीको बयानलाई लिएर केहीले ‘अंगिकृत नागरिकलाई देशका महत्त्वपूर्ण पदमा किन राख्नु हुँदैन भन्ने कुराको बलियो प्रमाण’ यो अभिव्यक्ती भएको बताएका छन्।

काँग्रेस नेता धनराज गुरुङले गिरीलाई राष्ट्रघातीको संज्ञा दिएका छन्।

समाजिक सञ्जाल ट्विटर मार्फत नेता गुरुङले गिरीको नाम नलिईकन लेखेका छन्, ”एक जना सांसदले “लिम्पियाधुरा नेपालको हो भन्ने कुरा स्वीकार्दिनँ” भनेको समाचार माध्यममा आएको रहेछ। नेपाली भुमीलाई नेपालको होइन भन्ने जोसुकै भए पनि राष्ट्रघाती हो। त्यस्ता राष्ट्रघातीहरुको सांसद पद तत्काल खोस्नु पर्दैन @hello-sarkar ?

राप्रपा अध्यक्ष कमल थापाले यसअघि माफी वा कारवाहीको माग गरिसकेका छन्।

यो पनि पढ्नुहोस्

सरिता गिरीले सांसदको पद छाड्नुपर्छ : कमल थापा


प्रतिक्रिया दिनुहोस्