जागिरबाट निकालिएपछि आफ्नै शरीरमा आगो लगाएका युवकको मृत्यु

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ५ : ०७


काठमाडौं । अछामको बयालपाटा अस्पतालबाट नोकरीबाट निकालिएपछि आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु भएको छ।

अछामको साफेबगर नगरपालिका–६ का सिदार्थ आउजीको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

बयलपाटा अस्पतालमा सरसफाईमा कार्यरत आउजीको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

सोमबार ती युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगंज पठाएका थिए।

अस्पतालले हालै ३३ जना कर्मचारीलाई हटाएको थियो। तीमध्ये सरसफाईको काम गर्ने आउजी समेत थिए।

अस्पतालले हटाएको चिठी दिएदेखि नै सिद्धार्थ तनावमा रहेको उनका सहकर्मी बताउँछन्।आफूलाई आगो लगाउनुअघि आउजीले ५ मिनट भाषणसमेत गरेका थिए।

अस्पतालको गेट अगाडि सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई हेलिकप्टरमार्फत नेपालगन्ज थप उपचारको लागि पठाइएको थियो।


प्रतिक्रिया दिनुहोस्