क्वारेन्टिनबाट फर्केको दुईदिनपछि मण्डलको मृत्यु

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ४ : १४


काठमाडौं । महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ।

यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उहाँको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको र आज मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले मण्डलको मृत्यु कोरोना सङ्क्रमणले नभई कालगतिले भएको बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्