भक्तपुरमा सुत्केरी महिलाको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब संकलन

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  २ : ००


काठमाडौं । भक्तपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ।

चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने सिन्धुपाल्चोक घर भएकी ३६ बर्षीया महिलाको आइतबार राति निधन भएको हो।

अस्पताल आउँदा रुघाखोकी र श्‍वासप्रश्‍वासमा समस्या देखिएकी ती महिलाको बच्चा जन्माएको केही समयमानै मृत्युभएको बताइएको छ।

कोरोनाको आशंकामा उनको स्वाब संकलन गरि नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ। पीसीआरको नतिजा आउँन बाँकी छ।

महिलाको शव भक्तपुर अस्पतालमै राखिएको छ। सुत्केरीको मृत्यु भएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ।

नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ।


प्रतिक्रिया दिनुहोस्