डा. बाबुराम भट्टराईलाई कमल थापाको साथ, बरियतमाा तल पर्दा झन् उचाई बढ्यो

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १२ : ०९


काठमाडौँ । जनता समाजवादी पार्टी दर्ताका क्रममा चौथो वरियतामा झरेका डा बाबुराम भट्टराईलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले साथ दिएका छन्।

उनले पार्टी एकता गर्दा नाम तल राख्न सहमति जनाएका कारण उनको उचाई झनै माथि परेको प्रतिक्रिया दिए। सामाजिक सञ्जाल ट्वीटमा आफ्नो प्रतिक्रिया दिदै थापाले (जसपा)का वरिष्ठ नेता डा भट्टराईको प्रशंसा गरे।

उनले लेखेका छन्, ‘वरियताका विषयमा डा भट्टराईलाई केहीले खिसी गरेको पढें । बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ तर उहाँको वरियतारराजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन । लामो राजनीतिक यात्रारसंघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ। एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ ।’


प्रतिक्रिया दिनुहोस्