झन बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आजको भाउ ?

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ११ : १४


काठमाडौँ । लकडाउनपछि आइतबारबाट कारोबार भइरहेको सुनचाँदीको भाउ सोमबार पनि बढेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कोरोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ८७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८७ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्