बर्नी स्यान्डर्स अर्थात रोक्नै नसकिने सुनामी लाई कसरी टक्क रोके बाइडेनले ?

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १ : ५६


वासिङ्टन । बर्नी स्यान्डर्सलाई रोक्नै नसकिने सुनामी ठानिएको थियो । ट्रमलाई ढल्ने उक्त सुनामिलाई टक्क रोकेर जादुगरीरुपमा बाइडेन अगाडि आएका छ्न । पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक प्रतिनिधिसंख्या (डेलिगेट्स) पुगेको घोषणा गरेका छन।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उनको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ।

ट्वीटरबाट आफ्ना मतदाता र समर्थकलाई सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति बाइडेनले डेमोक्र्याटिक पार्टीको मनोनयनका लागि आवश्यक एक हजार ९९१ जना प्रतिनिधि संख्या आफूलाई प्राप्त हुने सुनिश्चित भएको बाताएका छन ।

जो बाइडेन आत्मबिश्वासले भरिएको नेता

पुर्व उपरास्ट्रपती रहिसकेका जो बाइडेन बातावरण सम्बन्धी मुद्धामा सक्रीय छ्न । कोरोना महामारीमा ट्रम्पको आलोचना बढी रहेको बेला उनलाई आशा पुर्वक हेरीएको छ ।

कडा मेहनत गर्ने छबी बनएका बाइडेन ३० बर्षको उमेरमा सिनेटर बनेका थिए । अभ्यास गरेरै आफ्नो भकभकाउने समस्यालाई पारीत गरेका उनलाई आत्मबिश्वासले भरिएको नेताको रुपमा हेरिन्छ ।

गल्फ वारका बिरोधी वाडेन ओसामा विन लादेनको बिषयमा भने कडारुपमा प्रस्तुत भएका थिए । अमेरिकामा ड्रग्स र हतियारको बिगबिगीको बिरुद्ध उनले धेरै सफल लडाईंहरु लडेका छ्न ।


प्रतिक्रिया दिनुहोस्