सार्वजनिक यातायात खुलाउने तयारी, भाडा बढ्नसक्ने

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ११ : ०६


काठमाडौं । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै सार्वजनिक यातायात समेत खुलाउने तयारी गरेको छ।

अधिकारीहरुका अनुसार लकडाउन खुकुलो बनाउने क्रममा सार्वजनिक यातायात सञ्चालन सम्बन्धी नयाँ निर्देशिकालाई अन्तिम रुप दिने प्रयास भइरहको छ।

सर्तकता अपनाउदै सार्वजनिक यातायात खुलाउने तयारी गरिएको हो। अब यातायात सञ्चालन गरिँदा भौतिक दुरी कायम राख्दै एउटा सिटमा एकजना मात्रै यात्रु राख्नुपर्ने, अनिवार्य मास्क लगाउनुपर्ने लगायतका नियम जारी हुने छन्।

कोरोना भाइरसको जोखिमबाट बच्न यातायातमा चढनुअघि थर्मल गनबाट ज्वरो नाप्ने, यातायातमा स्यानिटाइजरको आवश्यक प्रयोग देखि स्प्रे गर्नुपर्नेछ ।

यातायात छोटो दुरीमा मात्र सञ्चालन हुनेछ। काठमाडौंका उपत्यकामा भने तिनै जिल्लाका लागि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

सवारी साधानका आधा सिटमात्रै प्रयोग गर्नेगरि सञ्चालन गरिँदा यातायात व्यवसायीले यसअघिको भन्दा दोब्बर भाडा हुनुपर्ने अडान लिएका छन्।

आउदो असारको दोस्रो हप्तासम्म सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको बताइएको छ।

यद्धपी कसरी अगाडी बढ्ने भन्नेबारे सहमति र निर्णय हुन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्