को-को परे जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यमा (सूचीसहित)

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ९ : ०४


काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ।

दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार मात्रै पार्टी पदाधिकारीको बारेमा सहमति जुटेपछि दल दर्ता भएको हो।

दल दर्ता भएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दुई अध्यक्ष र तीन जना वरिष्ठ नेताको नाम राखेर ५३ सदस्य कार्यकारी समितिको तर्फबाट दल दर्ता भएको बताउनुभयो।

उहाँले जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको र वरिष्ठ नेतामा डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोको नाउँमा सहमति जुटेको बताउनुभयो।

बाँकीको जिम्मेवारी दल दर्ताको प्रक्रिया पुरा भएपछि तोकिने उहाँले बताउनुभयो। उहाँले जसपामा राजनीतिक समितिमा १ सय ५१ सदस्य र केन्द्रीय समितिमा ७ सय १ जना रहने सहमति भएको र यसको पूर्णता पनि दल दर्ताको प्रक्रियाको क्रममा नै हुने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्