आमाको गर्भबाटै कोरोनाविरुद्ध लड्ने एन्टिबडी लिएर जन्मिए शिशु

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ। कोरोना भाइरस विश्वभर फैलिएपनि उद्गम स्थल चीनमा भने संक्रमण मत्थर बनिसकेको छ।

विश्वभर कोरोना भाइरसबाट लाखौँ मानिस प्रभावित भइरहेको बेला चीनमा भने आमाको गर्भमै कोरोनाविरुद्ध लड्ने एन्टिबडी विकसित भइसकेका शिशुले जन्म दिएका छन्। आमाको गर्भमा रहँदा नै शरीरमा कोरोनाभाइरससँग लड्ने एन्टिबडी विकसित भइसकेर बच्चाको जन्म भएको यो घटना विश्वकै पहिलो हो।

चीनको शेनझेनमा ती शिशुले आमाबाट प्राकृतिक तरिकाले एन्टिबडी प्राप्त गरेको डाक्टरहरुले बताएका छन्। अहिलेसम्म कुनै पनि बच्चा जन्मिँदा नै शरीरमा एन्टिबडी विकसित भइसकेको पाइएको थिएन।

शेनझेन थर्ड हस्पिटलले यो केस अत्यन्तै दुर्लभ भएकोले आमा र बच्चाको बारेमा थप जानकारी प्राप्त गर्नको लागि उनीहरुको थप अध्ययन गर्ने बताएको छ। ती आमा गत अप्रिलमा कोरोना पोजेटिभ पाइएकी थिइन्। तर, उनीमा कुनै लक्षण देखिएको थिएन। पछि ती आमाले कोरोनाभाइरसलाई जितेर निको भएकी थिइन्। बच्चा जन्मिएपछि आमा र बच्चा दुवैको जाँच गर्दा दुवै नेगेटिभ पाइएका छन्।

महिलाले ३० मेमा शेनझेन थर्ड हस्पिटलमा बच्चा जन्माएकी थिइन्। महिला मूल रुपले हुबेइकी बासिन्दा हुन्।


प्रतिक्रिया दिनुहोस्