हिमानी ट्रष्टद्वारा स्वास्थ्य सामग्री सहयोग

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


हिमानी ट्रष्ट काठमाडौँले धनगढी उपमहानगरपालिकालाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टका सदस्य तेजबहादुर सिंह र तपराज जोशीले उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो।

ट्रष्टले एक सय पिपिई, दुई हजार ५०० सर्जिकल मास्क, दुई हजार ५०० थान ग्लोब्स, रु एक लाख बराबरको साबुन तथा रु एक लाख बराबरको पानी हस्तान्रण गरेको बताइएको छ।

नगरप्रमुख वडले ट्रष्टले आपत्कालिक अवस्थामा सहयोग गरिएको प्राप्त स्वास्थ्य सामग्री आवश्यकताका आधारमा प्रयोग गरिने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्