चुनाव लड्नु नपर्ने अर्थमन्त्रीले नेकपालाई संकटमा पार्दैछन् : नविना लामा

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ७ : १०


काठमाडौं । सत्तारुढ दल नेकपाकी सांसद नविना लामाले नेपालको संविधान र पार्टीको चुनावी घोषणा पत्र दुवै कोणमा च्युत भएको भन्दै शिक्षामन्त्री र अर्थमन्त्रीले सदनमा आत्माआलोचना सहित माफि माग्नुपर्ने बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद लामाले संविधान र पार्टीको चुनाबी घोषणा पत्रमा समाजवाद राज्य व्यवस्था निर्माण गर्ने कुरा उल्लेख भएको भन्दै उहाँले “नेकपाको समाजवादको शिक्षानीति यही हो ?” भनी प्रश्न गर्नुभयो।

नेपालको संविधानको धारा ३१ ले सबै नागरिकले निशुल्क शिक्षा पाउने हक सुनिश्चित गरेको स्मरण गराउदै उहाँले बजेट पुस्तिकाको १६६ बुँदामा उल्लेखित विषय नेकपाको शिक्षानीति विपरित भएको टिप्पणी गर्नुभयो।

उहाँले अर्थमन्त्रीले सरकार र नेकपा पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गरेको आरोप लगाउनुभयो। शिक्षामन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपुर्ण आएको भन्दै त्यसबारे सदनलाई स्पष्ट पार्न माग गर्नुभयो।


प्रतिक्रिया दिनुहोस्