एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक बोलाएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो ४ बजेका लागि बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अमेरिकी सहयोग परियोजनाबारे निर्णय गर्न नेकपाले भोलि सोमबार सचिवालय समितिको बैठक बोलाएको हो।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे छलफल हुनेछ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पारित गर्ने पक्षमा हुनुहुन्छ । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले परिमार्जन गर्नुपर्ने पक्षमा जोड दिएका छन ।

एमसीसीबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल हुनुपर्ने उनीहरुको मत छ । कार्यदलले एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पारित गर्न नहुने सुझाव दिएको छ ।


प्रतिक्रिया दिनुहोस्