जनता समाजवादी पार्टीमा ३ जना अध्यक्ष रहने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । संघीय समाजवादी पार्टी र राजपा नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)को नेतृत्व टुंगो लागेको छ।

जसपाको नेतृत्वमा पाँच पदाधिकारी रहने टुंगो लागेको हो।

महन्थ ठाकुर, उपेन्द्र यादव र डा.बाबुराम भट्टराई अध्यक्ष रहने छन्।

यस्तै,राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेता रहने छन्। बाँकीको नाम मात्रै पठाइने भएको छ।

जसपाका नेताहरुले दल दर्ताका लागि आजै निर्वाचन आयोग जाँने भएका छन्।

दिउसो ३ बजे निर्वाचन आयोग कान्तिपथ पुगेर दल दर्ता गर्न लागिएको हो।


प्रतिक्रिया दिनुहोस्