निश्चित ब्लड ग्रुपलाई कोरोना संक्रमणको खतरा उच्च

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  १० : ०६


काठमाडौँ । निश्चित ब्लड ग्रुपलाई कोरोना भाइरस (कोभिड १९) संक्रमणको खतरा उच्च रहेको वैज्ञानिकले पत्ता लगाएका छन्। पछिल्लो समय जर्मनीका वैज्ञानिकले गरेको अध्ययन अनुसार संक्रमितलाई ब्लड ग्रुपअनुसार खतरा कम वा बढी हुने गरेको पाइएको हो।

वैज्ञानिकका अनुसार ए रक्तसमूह भएकाअरुलाई अन्य समूहको तुलनामा खतरा बढी रहेको पत्ता लागेको हो। सबैभन्दा पहिले चीनका वैज्ञानिकहरुले आफ्नो देशमा भेटिएका केसहरुमध्ये ए रक्तसमूह भएका बिरामीको अनुपात धेरै भएको खुलासा गरेका थिए। अहिले जर्मनीका वैज्ञानिकहरुले यसको पुष्टि गरेका हुन्।

जर्मनीको युनिभर्सिटी अफ कीलका अनुसन्धानकर्ताहरुले खास किसिमको जीन यसको लागि जिम्मेवार हुन सक्ने बताएका छन्। अनुसन्धानका क्रममा रक्तसमूह ए भएका संक्रमितहरु गम्भीर रुपमा बिरामी हुने खतरा अरुको तुलनामा ५० प्रतिशत अधिक रहेको पाइयो । उनीहरुलाई अक्सिजन सपोर्ट वा भेन्टिलेटरमै राख्नुपर्ने खतरा आउन सक्ने अनुसन्धानमा देखिएको छ। ए ब्लड ग्रुप भएका संक्रमितलाई अक्सिजन सपोर्ट वा भेन्टिलेटरमै राख्नुपर्ने खतरा देखिएको अनुसन्धानले देखाएको छ।

यी ब्लड ग्रुप हुने स्वस्थ र फिट युवाहरु पनि गम्भीर रुपले बिरामी भएको अनुसन्धानमा पाइएको छ।

युनिभर्सिटी अफ कीलका वैज्ञानिकहरुले टाइप ए रक्त समूहका मानिसहरलाई हुन सक्ने खतराको बारेमा पत्ता लगाउन इटली र स्पेनका १६१० बिरामीको तथ्यांकको अध्ययन गरेका थिए। यसको तुलना अन्य २२५० बिरामीको तथ्यांकसँग गरियो जो कोरोनाबाट गम्भीर बिरामी भएका थिएनन् ।

अध्ययनका क्रममा ए ब्लड ग्रुप भएकाहरु कोरोनाभाइरसबाट गम्भीर बिरामी हुने खतरा बढी देखियो भने ओ ब्लड ग्रुप भएकामा गम्भीर बिरामी हुने खतरा कम पाइयो ।


प्रतिक्रिया दिनुहोस्