विदेशबाट उद्धार गरिएका नेपाली राख्न ४७ होटेललाई क्वारेन्टिन बनाइने (सूचीसहित)

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौँ । विदेशबाट फर्किने नेपालीलाई राख्न ४७ वटा होटेललाई क्वारेन्टिन बनाइने भएको छ। सरकारले क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सार्वजनिक गरेको छ। जसमा चारतारेदेखि एकतारे होटलसम्म परेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटल समावेश छन्।

चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन्। ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन्।

सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णयगरेसँगै होटलको सूची सार्वजनिक गरेको हो। होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ।


प्रतिक्रिया दिनुहोस्