बिहानै थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ७ : १२


काठमाडौँ । नेपालमा आइतबार बिहानै थप ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशका स्याङ्जा, वागलुङ, गोरखा, नवलपरासीका थप ३८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरेको छ। यद्यपी संघीय स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा, स्याङ्जाको वालिङ नगरपालिकामा २९, ४९, ३४, ५२, ३८, ३१, २४, २७, ४६, ३७, २१, १८, ३२ वर्षीय पुरुष रहेका छन् त्यस्तै स्याङ्जाकै भिरकोट नगरपालिका ४५ वर्षीय पुरुष रहेका छन्।

यस्तै बागलुङको बडिगाड गाउँपालिका २५, ३२, २५, ५२, ४२, २२, २१, २९, २६ र उमेर नखुलेका १ जना पुरुष पनि कोरोना पोजेटिभ देखिएको छ । ढोरपाटन नगरपालिका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

गोरखाको पालुङ्टार नगरपालिकामा १७ वर्षीय पुरुष, गण्डकी गाउँपालिकामा २५, ३२, २०, ४३, ३०, २०, २१, २१, २३ वर्षीय पुरुष, पूवी नवलपरासी (नवलपुर) को हुप्सेकोट गाउँपालिका हुप्सेका २०, ३५, ३५ र ४५ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्