डिभी चिठ्ठाको नतिजा सार्वजनिक , इडिभी पर्‍यो परेन ? यसरी हेर्नुहोस पैसा लाग्दैन

प्रकाशित मिति : असार २, २०७८ बुधबार


डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ ।‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ।

ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिन्छ।

इडिभी पर्यो कि परेन भनेर https://dvprogram.state.gov/ लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ। डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्