प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ८ : ३६


काठमाडौं । ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गीति संग्रह सार्वजनिक भएको छ।

प्रधानमन्त्री केपी ओली समेत गीतकार रहेको गीति एल्बममा कुल ५ वटा गीतहरु संग्रहित रहेका छन्।

राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा सो एल्बम तयार भएको हो।

शनिवार नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा बढि सडक मानवहरुलाई खाना खुवाउँदै उनीहरुलाईनै अतिथि बनाएर एल्बम बिमोचन गरिएको छ।

एल्बममा ५ वटा गीतहरु समावेश छन्। जसमध्ये ‘स्वदेशमै रोजगारी स्वदेशमै बास, रोजिदैन प्रवास’ बोलको गीत प्रधानमन्त्री केपी ओलीले रच्नु भएको हो। यो गीतमा शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन्।

‘हेर हाम्रो हिमाल हाँसेको, हेर्न खोज्यो सुखी जनता नाँचको’मा रमेशकुमार पौडेलको रचना रहेको छ भने बद्री पंगेनी र मेलिना राईले आवाज दिएका छन्।

त्यसैगरि ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ बोलको गीतमा विपिन किरणको रचना रहको छ भने राजेश पायल राईले आवाज दिएका छन्। ‘मुर्झिएका सपनाहरु विउँझायौ तिमिले’मा रमेशकुमार पौडेलले रचनामा राजेश पायल राईले आवाज दिएका छन्।

पाँचौ गीत ‘पूर्वपश्चिम सिमा तिर दुश्मनले नजर लगायो’ मा विपिन किरणको रचना, बद्री पंगेनी र मेलीना राईको आवाज रहको छ।

किरण क्रियसनले बजार व्यवस्थापन गरेको एल्बममा संगीत संयोजन आमोश तामाङको रहेको छ भने सम्पुर्ण गीतमा प्राज्ञ शान्तिराम राईले संगीत भर्नु भएको छ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र सम्बृद्ध नेपाल, सुखि नेपाली बनाउँनको लागि लिनु भएको पहलकदमीलाई जनतामाझ लैजानको लागि गीति संग्रह तयार पारिएको र आफुले त्यसको संयोजन गरेको राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलले बताए।

त्यस्तै बाहिर कार्यक्रम गर्दा लाग्ने खर्च कटाएर २ महिनादेखि खाना खुवाई रहेको एक सामाजिक संस्थालाई आवश्यक सामाग्री हस्तान्तरण समेत गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्